काठमाण्डु- एनसेलको सेयर खरिद/बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बस्ने भएको छ
दूरसञ्चार सेवा प्रदायक संस्था (एनसेल) को सेयर खरिद बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका गर्न उक्त बैठक बुधवार दिउँसो २ बजे बस्न लागिेको हो ।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।




प्रतिक्रिया