काठमाण्डु- एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाएको छ ।
मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ पठाएको हो ।
शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ । जसअनुसार एनसेल आजियाटाले शेयर खरिद बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।
बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।
पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ ।
मंसिर १५ गते शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री सम्झौतामा भएको खुलासा भएको थियो । सो लगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।





प्रतिक्रिया