एनसेल प्रकरणको छलफलमा प्रधानमन्त्रीलाई बोलाउने सुशासन समितिको निर्णय

एनसेल प्रकरणको छलफलमा प्रधानमन्त्रीलाई बोलाउने सुशासन समितिको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिद–बिक्री प्रकरणको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने निर्णय गरेको छ ।

आज शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले मंसिर २५ गते प्रधानमन्त्री प्रचण्डलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल हुनेछ । मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने निर्णय भएको छ । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुने जनाइएको छ ।

यसअघि संसद्को अर्थ र लेखा समितिले पनि एनसेल प्रकरणबारे चासो राख्दै प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरिसकेको छ । बुधबार बसेको संसद्को सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिद–बिक्री तत्काल रोक्न निर्देशन दिएको छ ।

अर्थ समितिले एनसेलको शेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको शेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको छ ।

सरकारले एनसेल प्रकरणमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । समितिलाई ३० दिनभित्रमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।