एनसेलको सेयर खरिदबिक्रीविरुद्धको रिटमाथि सुनुवाइ सकियो, आजै आदेश आउने

एनसेलको सेयर खरिदबिक्रीविरुद्धको रिटमाथि सुनुवाइ सकियो, आजै आदेश आउने


काठमाण्डु- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटमाथिको सुनुवाइ सकिएको छ । मंगलवार एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटमाथिको सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले आजै बेलुकासम्म आदेश आउनेछ ।

सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा तोकिएको थियो। यसअघि रिटमाथि सुनुवाइका लागि पटकपटक पेशी तोकिदै आएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै गत शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए। रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ।