एनसेल काण्ड ढाकछोप गर्न अर्को समिति प्रयोग !

एनसेल काण्ड ढाकछोप गर्न अर्को समिति प्रयोग !


काठमाण्डु- प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत् एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत् सभापति पोखरेलले एनसेल प्रकरणमा भएको भनिएको शंकास्पद कारोबार र अनियमिततालाई ढाकछोपका लागि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई सरकारले प्रयोग गरेको आरोप लगाएका हुन्।

‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’पोखरेलले भनेका छन् ।

सुशासन समिति बैठकमा मंगलबार एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ मागिएको थियो । प्रचण्डले एनसेल प्रकरणमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको उनले बताएका थिए ।