काठमाण्डु – सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न गठित समितिको म्याद थप गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको म्याद १५ दिन थपेको छ ।
राजस्व छली गर्ने उद्देश्यले एनसेलको शेयर खरिदबिक्री गरेको भन्दै सरकारले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् ।
यसअघि समितिको म्याद ३० दिन तोकिए पनि छानबिन प्रक्रिया नसकिएकाले म्याद थपिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।




प्रतिक्रिया