एनसेलको शेयर खरिदबिक्री मुद्दालाई अदालतमा अग्राधिकार, पेशी स्थगित गर्न नपाइने

एनसेलको शेयर खरिदबिक्री मुद्दालाई अदालतमा अग्राधिकार, पेशी स्थगित गर्न नपाइने


काठमाण्डु – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धी विवादमा उच्च अदालत पाटनमा दायर भएको रिटलाई अग्राधिकार मिलेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलाशले मुद्दालाई अग्राधिकार दिएर पेशी स्थगित गर्न नपाइने आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘निवेदकले उठाएको विषयको गम्भीरताका आधारमा प्रस्तुत रिट निवेदन चाँडो किनारा गर्नुपर्ने प्रकृतिको देखिँदा लिखित जवाफ परेपछि वा पर्ने अवधि समाप्त भएपछि अग्राधिकार दिई कुनै पक्षबाट पनि पेशी स्थगित गर्न नपाउने गरी पेशी चढाई नियमानुसार पेश गर्नू ।’

यसअघि कम्पनी रजिस्ट्रार कार्यालयको नाममा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई अदालतले निरन्तरता दिन आदेश गरेको छ ।

यस्तो छ आदेश –