काठमाडौं – एनसेलले सन् २०२० को पहिलो दिन १ जनवरीको अवसरमा नयाँ आकर्षक योजना ल्याएको छ । योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याक लिन सक्नेछन् ।
जनवरी १ (१६ पुस)देखि लागू हुने योजना २४ घन्टाका लागि मात्र मान्य रहने एनसेलले जनाएको छ । ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात ११.५९ सम्म ५० प्रतिशत छुटमा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
यो योजनाअन्तर्गत ग्राहकले करसहित १ हजार २० रुपैयाँ २४ पैसा पर्ने १६ जिबी प्याक करसहित ५ सय १० रुपैयाँ १२ पैसामा सुचारु गर्न सक्नेछन् ।
त्यस्तै, करसहित ४ सय ५३ रुपैयाँ ३० पैसा पर्ने मासिक ६ जिबी (३ जिबीं३ जिबी फोरजी डेटा) डेटा प्याक करसहित मात्र २ सय २६ रुपैयाँ ६५ पैसामा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी डेटा प्याक सुचारु गर्न सक्नेछन् ।




प्रतिक्रिया