काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ ।
यस अभियानले मोबाइल ब्रोड ब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा पहुँच पु¥याउँदै देशको दुई तिहाई भन्दा बढि जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ ।
कोभिड–१९ को महामारीले निम्ताएको विषम् परिस्थितिकाबीचपनिएनसेलले फोरजीब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमापनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको कम्पनीको भनाइ छ ।
उच्चगतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी÷एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिदै पुर्न उत्थान काकार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको छ ।
आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहनप्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’अभियानअन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदानगर्न एनसेल प्रतिबद्ध रहेको जनाएकाे छ । मोबाइल ब्रोड ब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्ता मैत्री अफरहरु ल्याउने एनसेलले जनाएकाे छ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकताअनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवाप्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।




प्रतिक्रिया