काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमाआफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ ।
यो योजनाअन्तर्गत ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने ४९.०२भन्दा बढि अर्थात ५१ मेनब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी १०० को रिचार्जमा अब कम्तिमाविद्यमान ९८.०४भन्दा बढि १०२ मेन ब्यालेन्स पाउँछन् ।
यो योजनाआइतबार (पुष ५) बाट लागु भएको छ र १५ दिनकालागि संचालनमा रहनेछ । योजनाअवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमाप्रत्येक रिचार्जमा विद्यमानभन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुखविषेशताहो । ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामाअधिकतम १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रिचार्ज गर्नेले २०० सम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथानयाँवर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चितगर्दै यो आकर्षक योजनाल्याउनपाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथाअनलाइनजुनकुनैपनि माध्यमबाट गरिएको ५० र १०० को प्रत्येक रिचार्जमा यो थपमेन ब्यालेन्सको लाभलिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ ।




प्रतिक्रिया