एनसेल नेटवर्कबाट एनआईसी बैंकको मोवाइल एप निःशुल्क चलाउन सकिने

एनसेल नेटवर्कबाट एनआईसी बैंकको मोवाइल एप निःशुल्क चलाउन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एन आई सी एशिया बैंकको मोवाइल एप र वेवसाइट एनसेल नेटवर्कबाट नि:शुल्क चलाउन सकिने भएको छ ।

यससुविधा मार्फत एनसेलको डाटा प्रयोग गरी एन आईसी एसिया मोबाइल बैंंक एप, आइसर्भ, वेवसाइट तथा इन्टरनेट बैंंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको बैंकले जनाएको छ ।

एन आई सी मो . बैंक एप मार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेसेस ट्र्याकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सकिने छ ।

यस्तै एनआईसी  बैंक मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयरमा आवेदन दिन सकिनेछ ।