एनसेलको ‘ननस्टप टाइम प्याक’

एनसेलको ‘ननस्टप टाइम प्याक’


काठमाण्डु – एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमाभएका टाइम प्याकहरू लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ल्याएको छ जसमाग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवालिन सक्छन् ।

कम्पनीले पहिले नै वानआवर डेटा प्याकअर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो ।

आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यीप्याकहरु उत्तम विकल्प हुन् ।

यस योजनामाग्राहकले कर सहित १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक ३० मा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउँछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स् १७१२३ ह्यास डायल गरि वाएनसेल एप, वेबसाइट वानजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदिग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याकपहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ताकुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचनाआदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागिनिश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षितपहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित रु २२ पाइने १ घण्टाको डेटा प्याकग्राहकहरुले पहिला देखिनै मन पराउँदै आएका छन् ।

यी टाइम प्याकहरूको समयवधिग्राहकले प्याक सुचार गरेको समयको आधारमा गणना गरिन्छ । उदाहरणका लागि, यदिकुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजे सम्म मान्य हुन्छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकहरूले यीप्याकहरू जति पटक लिन सक्छन् ।