एनसेलका ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेलका ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ।

यस अफरअन्तर्गत ग्राहकले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा कम्पनीले चाडपर्वका अवसरमा दिँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले लिएको प्याक वा रेन्टल प्याकका आधारमा थप ५, ८ वा १२ प्रतिशत छुट उपलब्ध हुनेछ। यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन्।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिकता दिइएको हो।

यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनाबाट ग्राहकले घरायसी उपकरण खरिद गर्दा थप लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

छुट प्राप्त गर्न ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। योग्य ग्राहकले नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रमा पुगेर छुट लिन सक्नेछन्।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले ग्राहकलाई कनेक्टिभिटी सेवामा मात्र सीमित नराखी थप मूल्य र लाभ प्रदान गर्ने उद्देश्यअनुरूप सामसङसँग सहकार्य गरिएको बताए। उनले यस सहकार्यले ग्राहकलाई विश्वासिलो ब्रान्डका उपकरण खरिदमा अतिरिक्त छुट उपलब्ध गराउनुका साथै चाडपर्वको खुसी थप बढाउने विश्वास व्यक्त गरे।

यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोड्नेछ। दुवै कम्पनीले यसबाट ग्राहकको खरिद अनुभवलाई थप सहज र लाभदायी बनाउने अपेक्षा गरेका छन्।