द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई नेकपाको आग्रह

द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई नेकपाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जेनजी आन्दोलनसँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई आग्रह गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा कार्कीको आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले चालेको कदमप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रवितेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिवेदन कार्यान्वयन गर्दा विधिको शासनको पालना गर्न नेकपाले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।’

यस्तो छ विज्ञप्ति –