बालेन राणा शासन र राजतन्त्रको शैलीमा अघि बढेको नेकपाको आरोप

बालेन राणा शासन र राजतन्त्रको शैलीमा अघि बढेको नेकपाको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वालेन्द्र शाह ‘बालेन’ राजतन्त्र र राणा शासनको शैलीमा सत्ता चलाउन उद्धत रहेको आरोप लगाएको छ ।

संसदको बजेट अधिवेशनको पहिलो दिन सोमबार प्रतिनिधिसभामा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले राणशासन र राजतन्त्रविरुद्ध पटकपटक संघर्ष रगेर जनताले लोकतन्त्र ल्याएको बताए ।

सुकुमबासी बस्तीमा बिना विकल्प डोजर चलाएकोमा उनले आपत्ति जनाए । संविधानले सबै नागरिकलाई मौलिक हकका रुपमा आवासको हक प्रदान गरेको स्मरण दुलालले गरे ।  उनले २४ घण्टाअघि बस्ती खाली गर्न सूचना जारी गरेर सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए ।

‘राज्य प्राकृतिक विपत्ति आउनुपूर्व मानव सिर्जित विपत् ल्याउन उद्धत छ,’, उनले भने, ‘मानिसहरू बसिराखेको बस्तीमा २४ घण्टे अल्टिमेटम दिएर, राज्यको सम्पूर्ण फौजको आतंक देखाएर, डोजर आतंक देखाएर नागरिकहरूलाई आत्महत्या गर्नका लागि राज्यले बाध्य बनाएको छ ।’

सुकुमबासी बस्तीमा इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने भन्ने प्रश्न उनको छ । विधिको शासनको नारा दिएर आएको दुईतिहाइको सरकार अध्यादेशमार्फत शासन गर्न उद्दत हुनुले रास्वपाको दुईतिहाइ बहुमतलाई गिज्याइरहेको टिप्पणी उनले गरेका छन् ।