काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सहमति पत्रको ड्राफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै शुक्रबार त्यसलाई अन्तिम रूप दिने जानकारी दिए ।
उनले भने, ‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं । त्यसमा छलफल पनि गर्यौं र त्यसको अन्तिम रूप भोलि दिनेछौं । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रूप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रक्रिया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’
उनले छलफमा आएको सुझावको आधारमा भोलि शुक्रबार निर्णय हुने बताए ।




प्रतिक्रिया