धनगढीमा नेकपाको आज एकता सन्देश सभा

धनगढीमा नेकपाको आज एकता सन्देश सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार धनगढीमा एकता सन्देश सभा गर्दैछ। नेकपा गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाण्डु बाहिर गएको हो ।

धनगढी चौराह र क्याम्पस चोकबाट जुलुसहित धनगढी रंगशालामा दिउँसो साढे १२ बजे आमसभामा परिणत हुनेछ ।

सभालाई नेकपाका संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोज माधवकुमार नेपाल र नेता भीम रावलले सम्बोधन गर्नेछन्। वामदेव गौतम, झलनाथ खनाल लगायत नेताहरुको पनि सहभागिता रहनेछ।

सहसंयोजक नेपालले त्यहाँ २० हजार बढी कार्यकर्ता उतार्ने दाबी गरेका छन्।

पार्टीले लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते र कोशीको विराटनगरमा मंसिर १५ गते सभा गर्नेछ। साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेशको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौँडामा मंसिर २३ गते सभाको तयारी गरेको छ।