नेकपाले आज काठमाण्डुमा सन्देश सभा गर्दै

नेकपाले आज काठमाण्डुमा सन्देश सभा गर्दै


काठमाण्डु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार शनिबार काठमाण्डुमा एकता सन्देश सभा गर्दैछ । नेकपाले भृकुटीमण्डपमा हुने सभामा ५० हजार सहभागी हुने दाबी गरेको छ ।

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको हो ।

बिहान साढे ११ बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा सहभागीले दिउँसो सवा १२ बजेबाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्नेछ ।

पार्टीका शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने बताइएको छ । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन तालिका छ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनेपछि सबै प्रदेशमा मंसिर १२ गतेदेखि एकताको सन्देश सभा गर्दै आएको छ । मंसिर २३ गते हेटौँडाका लागि तय भएको सभा हेटौँडामा घर टहरा विस्तारको चरण रहेकाले सभा काठमाण्डुमा गरिन लागिएको हो ।