काठमाडौं– नेकपा विदेश मामिला विभागले चिनियां राष्ट्रपति सी चिनफिङका नेपाल भ्रमण सफल भएको निष्कर्श निकालेको छ । नेकपाको विदेश विभागले भ्रमणका बारेमा मंगलवार समीक्षा गरेको थियो ।
नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार विदेश विभागको वैठकले भ्रमण फलदायी हुनुको साथै नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालेको छ ।
विदेश विभाग प्रमुख माधवकुमार नेपालले चिनियां राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्रा्ष्ट्रिय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिएका थिए ।
वैठकमा उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्यालले भ्रमणको विश्लेषण प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया