८२ जना जिल्ला इञ्चार्जमध्ये २२ मात्रै ओलीको पक्षमा, प्रचण्ड–माधव नेपालसँग कति ? (नामसहित)

८२ जना जिल्ला इञ्चार्जमध्ये २२ मात्रै ओलीको पक्षमा, प्रचण्ड–माधव नेपालसँग कति ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजित भएको छ । हाल नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा विभाजित भएको छ ।

पार्टी विभाजनको अवस्थामा पुगेपछि ७७ वटा जिल्लाका इञ्चार्ज पनि आ–आफ्नो खेमामा लागेका छन् । विभाजन भए पनि दुवै पक्षले आफूहरु नै संस्थापन पक्ष भएको दाबी गरिरहेका छन् । नेकपाका हाल ७७ जिल्लामा ८३ जना इन्चार्ज रहेका छन् ।

आफूलाई संस्थापन पक्ष भएको दाबी गर्दै आएका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको पक्षमा २२ जना जिल्ला इन्चार्ज छन् भने प्रचण्ड–नेपाल पक्षमा ६८ जना इञ्चार्ज देखिएका छन् । नुवाकोटमा इञ्चार्जको कोटा खाली रहेको छ । महेन्द्र बहादुर पाण्डेलाई राजदूत बनाएर पठाइएपछि नुवाकोटमा इञ्चार्जको कोटा खाली रहेको छ ।

त्यस्तै बर्दियाबाट लक्ष्मण ज्ञवाली र कञ्चनपुरबाट विक्रम शाही तटस्थ रहेका छन् । उनीहरुले आफुहरु एकताको पक्षमा रहेकाले कुने निर्णय नलिएको बताएका छन् ।

ओली समूहका जिल्ला इञ्चार्जः

अध्यक्ष केपी शर्मा अ‍ोलीसँग हाल २२ जना इञ्चार्ज रहेका छन् । आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरे पनि प्रधानमन्त्रीको पक्षमा २२ जना मात्रै इञ्चार्ज खुलेका छन् । प्रदेश नम्बर १ मा १४ वटा जिल्लाबाट ओली समूहमा एक जना मात्रै इञ्चार्ज रहेका छन् । खोटाङका विशाल भट्टराई ओली समूहतर्फबाट प्रदेश १ को प्रतिनिधित्व गर्ने एक मात्र इञ्चार्ज हुन् । त्यस्तै दुई नम्बर प्रदेशमा २ जना मात्र इचार्ज रहेका छन् । सिरहाबाट लीलानाथ श्रेष्ठ र बाराबाट वलवीरप्रसाद चौधरी रहेका छन् ।

वागमतीबाट प्रदेशमा एक जना मात्र इञ्चार्ज ओली समूहमा खुलेका छन् । काभ्रेबाट गोकुल प्रसाद बाँस्कोटा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्र इञ्चार्ज हुन् । गण्डकी प्रदेशबाट ६ जना इञ्चार्ज ओली समूहमा खुलेर लागेका छन् । मायानाथ अधिकारी ( लमजुङ), पद्मा अर्याल (स्याङ्जा) रामशरण बस्नेत ( मनाङ ), भूपेन्द्र थापा ( म्याग्दी ), तिलक महत (नवपरासी पूर्व) मानबहादुर जिसी(पोखरा महानगरपालिका) । त्यस्तै लुम्बिनी प्रदेशबाट ओली समूहमा ५ जना इञ्चार्ज देखिएका छन् ।

जसमध्ये वैजनाथ चौधरी ( नवलपरासी पश्चिम), लिला गिरी(रुपन्देही) । कर्णाली प्रदेशमा चार जना इञ्चार्ज ओली समूहमा लागेका छन् । लक्ष्मीप्रसाद पोखरेल (दैलेख), भैरवसुन्दर श्रेष्ठ ( जाजरकोट), मोहन बानियाँ ( मुगु), हंशबहादुर शाही (डोल्पा) रहेका छन् भने सुदुरपश्चिम प्रदेशबाट चार जना रहेका छन् । गणेश ठगुन्ना ( दार्चुला ), प्रेम आले (डोटी), लालबहादुर थापा (बाजुरा), भैरवबहादुर सिंह ( बझाङ ), नजिर मियाँ अर्घाखाँची ), खेममान खड्का (रुकुम पूर्व ), दिनेश यादव (बाँके ) रहेका छन् ।

प्रचण्ड–नेपाल समूहका ५७ जना इञ्चार्जः

प्रचण्ड नेपाल समुहमा ५७ जना इञ्चार्ज रहेका छन् । १४ जिल्ला रहेको प्रदेश नम्बर १ बाट यो समूहमा १२ जना इञ्चार्ज रहेका छन् । ताप्लेजुङबाट भाष्कर काफ्ले, पाँचथर, इन्द्र आङ्बो, इलाम धिरेन शर्मा, झापा रविन कोइराला, मोरङ घनेन्द्र बस्नेत, सुनसरी धर्म निरौला, धनकुटा हेमराज भण्डारी, तेह्रथुम जयन्ती राई, भोजपुर सुदन किराँती, संखुवासभा राजेन्द्रकुमार राई, सोलुखुम्बु हेमकुमार राई, ओखलढुङ्गा यज्ञराज सुनुवार, उदयपुर बलदेव चौधरी र विराटनगर महानगरबाट शिवनारायण मण्डल रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर २ बाट रामप्रित पासवान, सप्तरी, जोगबहादुर बर्बरिया यादव धनुषा, राजु खड्का महोत्तरी, डाचाराज वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट, नागेन्द्र चौधरी पर्सा र दिनेश राई वीरगन्ज महागरपालिका रहेका छन् ।

बागमती प्रदेशबाट कृष्ण खनाल चितवन, विरोध खतिवडा मकवानपुर, शालिकराम जमकट्टेल धादिङ, विमला सुवेदी रसुवा, कृष्ण सापकोटा सिन्धुपाल्चोक, देवी खड्का दोलखा, देवशंकर पौडेल रामेछाप, विषमलाल अधिकारी सिन्धुली, दीलिपकुमार प्रजापति भक्तपुर, हरि दाहाल ललितपुर,सावित्री भुसाल काठमाण्डु, सुशीला नेपाल ललितपुर महानगरपालिका, जीवनराम श्रेष्ठ काठमाण्डु महानगरपालिका र रेणु दाहाल भरतपुर महानगरपालिका रहेका छन् ।

गण्डकी प्रदेशबाट कृष्णप्रसाद धिताल, गोरखा, हरिबहादुर चुमन, तनहुँ, राजकाजी गुरुङ कास्की, गुप्तबहादुर ठकुरी पर्वत, वलवती शर्मा बाग्लुङ, श्रीमाया थकाली मुस्ताङ रहेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट गिरिधारीलाल न्यौपाने, कपिलवस्तु, सोमप्रसाद पाण्डेय पाल्पा, दिनेश पन्थी गुल्मी, कृष्णध्वज खड्का प्युठान, जीवन गौतम दाङ, दीपेन्द्र पुन रोल्पा रहेका छन् ।

कर्णाली प्रदेशबाट बढी नरबहादुर विष्ट सुर्खेत, महेन्द्रबहादुर शाही कालिकोट, गजेन्द्रबहादुर महत जुम्ला, विजय भण्डारी हुम्ला, टेकबहादुर बस्नेत सल्यान र राजकुमार शर्मा रुकुम पश्चिम रहेका छन् । साथै सुदुरपश्चिमबाट नरेन्द्रप्रसाद कुँवर बैतडी, खगराज भट्ट डडेलधुरा, रुपा चौधरी कैलाली र तारामान स्वाँर अछाम रहेका छन् ।