नेकपाले काठमाण्डुमा आज बृहत शक्ति प्रदर्शन गर्ने

नेकपाले काठमाण्डुमा आज बृहत शक्ति प्रदर्शन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ।

दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि दिउंसो १२ बजे हुन लागेको आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको छ। ओली पक्षले ३ लाखभन्दा बढी कार्यकर्ता उतार्ने दावी गरेको छ ।

प्रधानमन्त्री ओली पक्षले काठमाण्डुका १३ ठाउंबाट जुलुस निकाल्ने तयारी गरेको छ । प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पांच ठाउंमा डिजिटल स्क्रिनको व्यवस्था समेत मिलाइएको छ।