काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी संचालन गर्न नसकेको भन्दै बजेटअघि उनलाई पदबाट हटाउनेबारे नेकपाभित्र छलफल सुरु भएको छ । नेकपाका सचिवालय सदस्य माधव कुमार नेपालको निवास कोटेश्वरमा भएको नेपाल पक्षिय नेताहरुको भेलामा ओलीलाई बजेट अघि नै पदबाट हटाउन नेताहरुले माग गरेका छन् ।
भेलामा स्थायी समिति सदस्यहरु युवराज ज्ञवाली, भीम रावल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र पर्यटन मन्त्री समेत रहेका योगेश भट्टराई समेत सहभागी थिए ।जेठ १५ भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै नेताहरुले त्यसअघि नै प्रधानमन्त्रीको बारेमा निर्णय गर्न नेताहरुलाई सुझाव दिएका थिए । भेलामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समेत सहभागी थिए ।
‘नेताहरुले पार्टी र सरकारमा बारेमा प्रधानमन्त्री ओलीले लिएका निर्णयले अव उनको विकल्प खोज्जुपर्ने बेला आएको छ । ’ भेलामा एक स्थायी समिति सदस्यले भनेका थिए । यसअघि नेकपाभित्र सरकारले महत्वपूर्ण विषयमा निर्णय गर्दा पार्टीको निर्देशनअनुसार काम गर्नुपर्ने आवाज उठेको थियो । तर, अध्यादेश प्रकरणपछि भने नेताहरु प्रधानमन्त्रीको विकल्प खोज्नुपर्नेमा लागेका हुन् ।
नेकपाका अध्यक्ष प्रचण्डले अवको प्रधानमन्त्रीको उम्मेदवार माधव नेपाल भएको भन्दै त्यसमा नाई भन्न नमिल्ने बताएका थिए । भेलामा प्रचण्डले उर्जामन्त्री वर्षमान पुनसहित विहान ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफुलाई दुवै अध्यक्ष मिल्न राखेको प्रस्तावबारे समेत जानकारी दिएका थिए । उनले पार्टी एकता गर्दा समेत दुवै अध्यक्षले गरेको र अरु नेताहरुको भुमिका खासै नभएको यो विचमा दुवै अध्यक्षबाट कमजोरी भएको भन्दै फेरी नयां ढंगको एकता गर्न सुझाव समेत दिएका थिए ।
प्रचण्डलाई भेटनुअघि नेता पोखरेलले सचिवालय सदस्य माधव नेपाललाई भेटेर पुर्व एमाले मिल्नुपर्ने र पुर्व माओवादीको हातमा नेतृत्व दिन नहुने धारणा राखेका थिए । कोटेश्वर भेलामा सहभागी केही नेताले पार्टी अध्यक्षबाट ओलीलाई हटाएर प्रधानमन्त्री मात्र राख्ने सुझाव दिएपनि अधिकांश नेताहरुले भने प्रधानमन्त्री परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनिहरुले सचिवालय बैठक बोलाएर प्रस्ताव ल्याउन र त्यसपछि स्थायी समितिको बैठक बोलाउन आग्रह गरेका छन् । लकडाउनको बहाना बनाएर बैठक नबोलाउने षडयन्त्रमा प्रधानमन्त्री लागेको भन्दै उनिहरुले तत्काल बैठक बोलाउन पनि नेताहरुलाई सुझाव दिएका छन् । नेकपामा एक तिहाइ सदस्यले लिखित रुपमा माग गरेपछि स्थायी समिति बैठक राख्नु पर्ने प्रावधान छ। पूर्व माओवादी र नेपाल पक्षमा २० सांसदले बैठक राख्न लिखित रुपमा माग गरिसकेका छन्।




प्रतिक्रिया