नेकपामा आज हुंदैछ यस्तो सहमति: प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने,प्रचण्डको भुमिका बढ्ने

नेकपामा आज हुंदैछ यस्तो सहमति: प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने,प्रचण्डको भुमिका बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउंसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन नेताहरुले माग गरेपछि नेकपाभित्र कलह बढेको हो ।

आज बस्ने सचिवालयको वैठकमा नेताहरुबीच गहन छलफल हुनेछ । प्रधानमन्त्री ओलीले यसअघि दुवै पद छोड्नुपर्ने अडान अर्का अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले गरेकोमा अहिले एक पद छोडे हुन्छ भन्नेमा छन् र प्रधानमन्त्री ओली पनि समस्या समाधान गरौ न भन्नेमा सहमत भएपछि सचिवालय वैठक बोलाइएको हो ।

शुक्रवार अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसहित नेताहरु बामदेव गौतम र विष्णु पौडेलको लन्च वैठक भएको थियो । त्यसमा अहिलेलाई स्थायी समिति र केन्द्रिय समिति वैठक केही पर सारेर सचिवालय वैठक बोलाउने र सहमतिको अन्तिम प्रयास गर्नेबारे लगभग नेताहरुबीच सहमति भएको छ । वैठकमा अध्यक्ष प्रचण्डको भुमिकालाई ठोस गरेर अघि बढ्ने र पार्टी एकतालाई सुदृढ गर्नेबारे नेताहरु सहमत भएका छन् । तत्काललाई प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनमा नदिने गरी नेकपाभित्रको विवाद समाधान हुने भएको छ ।

नेकपा स्रोतले दिएको जानकारीअनुसार आज वस्ने वैठकबाट नेकपाभित्र देखिएको विवादको आइसब्रेक हुने सम्भावना छ । प्रधानमन्त्री ओली आफैले प्रचण्डलाई कार्यकारी अध्यक्ष झै पार्टी चलाउन भनेका छन् । त्यसमा उनले पुर्ण रुपमा सहयोग गर्ने, प्रधानमन्त्री ओली सेरोमोनियल अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहिरहने, वरिष्ठ नेता माधव नेपालको सरकार संचालन गर्दा राय सुझाव लिने,उनि निकट नेताहरुलाई मन्त्रीमण्डलमा सामेल गराउने, मुख्यमन्त्री परिवर्तन गर्ने,पार्टीभित्र रहेको दोहोरो जिम्मेवारी हटाउने,प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार समुह परिवर्तन गर्नेलगायतका विषयमा आज सहमती हुन लागेको स्रोतको दावी छ । अहिलेलाई स्थायी समिति र केन्द्रिय समिति वैठक स्थगित गर्ने र मंसिरतिर वैठक बोलाउनेमा पनि नेताहरु सहमत भएको स्रोतको दावी छ ।

यसअघि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ स्थायी समिति वा केन्द्रीय समिति वैठक बोलाएर पनि अहिलेको समस्या समाधान गर्ने पक्षमा थिए । तर, सचिवालय सदस्यहरु बामदेव गौतम,रामबहादुर थापा र विष्णु पौडेलले एक पटक फेरी छलफल गरेर मात्र यति महत्वपुर्ण निर्णय गरौ न त भन्नेमा पक्ष्ँमा उभिएपछि केन्द्रिय समितिको वैठक नबोलाएर सचिवालयको वैठक बोलाइएको नेकपा स्रोतको दावी छ ।

सचिवालयका सदस्यहरु गौतम र थापा यसअघि प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्ने लाइनमा भएपनि एकाएक विवाद समाधान गरौ र प्रधानमन्त्री ओलीलाई मिलाएर जाऔ भन्ने पक्षमा उभिएपछि त्यसले प्रधानमन्त्री ओलीलाई सहज भएको हो ।

प्रधानमन्त्री ओली र उनि निकट नेताहरु भने दुवै पदबाट राजीनामा दिन नहुने अडानमाथिए । नेकपाभित्र प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय गर्ने गरेको,नेताहरुको मानमर्दन गरेको र सरकारका काम कार्वाही प्रभावकारी नभएको भन्दै उनलाई दुवै पदबाट हटाउने तयारी थियो ।

त्यसका लागी अर्का अध्यक्ष प्रचण्डको पक्षमा सचिवालय र स्थायी समितिमा बहुमत जुटेको थियो । तर,नेकपाको बिधानमा सवै निर्णयहरु सहमतिको आधारमा गर्नुपर्ने उल्लेख भएकाले निर्णय गर्न अफ्ठेरो परिरहेको थियो ।

प्रधानमन्त्री ओलीले बरु पार्टी विभाजन गर्ने तर, राजीनामा नदिने अडानमा थिए पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्षमा बहुमत भएपनि निर्णय गर्न भने उनलाई सकस परेको थियो । प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने पक्षमा प्रचण्ड पक्षभित्र समेत सर्वसम्मती थिएन् । दुवै पदबाट हटाउंदा पार्टी विभाजन हुने चिन्ता अधिकांश नेता,कार्यकर्ताको थियो । दुवै नेताबीच विवाद समाधानका लागी दर्जनौ वैठक बसेपनि सहमति भने बनेको थिएन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो । बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।