काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।
पदाधिकारीको परिणाम हिजो आएको थियो । आज पोलिटब्युरो सदस्यको परिणाम पनि आएको छ ।
केन्द्रीय कमिटीको पूर्ण बैठकमा निर्वाचन गरेर ८४ सदस्यीय पोलिटब्युरो चयन गरेको हो ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । रामकुमारी झाँक्रीले १८२ पाएकी छन् ।
यसअघि नेकपा एसले पार्टीको पदाधिकारी चयन गरिसकेको छ । महाधिवेशन भने अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गर्दै सकिएको थियो । त्यसबाहेकका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिव भने निर्वाचनबाट बुधबार चुनिएका थिए ।
प्रतिक्रिया