काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पांचबुंदे ड्राफ्टमा कुनै सत्यता नभएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आइतबार सांझ भएको दुई अध्यक्षको भेटमा पांच बुदे सहमती भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रचण्डको सचिवालयले त्यसमा कुनै सत्यता नरहेको भन्दै आपत्ति प्रकट गरेको हो ।
पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिएको दाबी प्रचण्ड सचिवालयले गरेको छ। ‘भर्खरै सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको पांचबुंदे ड्राफ्ट भन्दै गरिएको प्रपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौं,’ अध्यक्ष प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेखेकी छन्।




प्रतिक्रिया