पदाधिकारीको टुङ्गो लगाउन नेकपा एसको केन्द्रीय कमिटीको पूर्ण बैठक बस्दै

पदाधिकारीको टुङ्गो लगाउन नेकपा एसको केन्द्रीय कमिटीको पूर्ण बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक बिहान ११ बजेदेखि थापा गाउँस्थित अर्पण बैंकेटमा सुरु हुने छ । बैठकले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउनेछ । बैठकमा पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरि त्यसलाई पूर्णता दिइनेछ ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयका अनुसार पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ भने केही नेताहरुको जिम्मेवारी हेरफेर गरिनेछ ।

केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउने छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।