बजेटपछि स्थायी समिति बैठक बोलाउन नेकपामा बहुमत सचिवालय सदस्यहरुको माग

बजेटपछि स्थायी समिति बैठक बोलाउन नेकपामा बहुमत सचिवालय सदस्यहरुको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा अधिकांश सदस्यहरु स्थायी समिति बैठक तत्काल बोलाउन नहुने पक्षमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैठकमा अहिलेको सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको लडाई र बजेट ल्याउने रहेको भन्दै तत्काल स्थायी समिति बैठक बोलाउन नसकिने बताएका थिए । उनले सरकारको बाध्यतालाई बुझिदिन समेत बैठकमा आग्रह गरेका थिए ।

पार्टी एकतालाई मजवुत बनाउन र पार्टीलाई एकतावद्ध गर्न आफु तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले बैठक बजेटपछि बोलाउने प्रस्ताव गरेको स्रोतको दावी छ । वैठकमा प्रधानमन्त्री ओलीसहित उपाध्यक्ष बामदेव गौतम,महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापाले स्थायी कमिटी बैठकका लागि समय उपयुक्त नभएको, एजेण्डा र पर्याप्त तयारी पनि नपुगेको भन्दै बैठक बजेटपछि बोलाउनुपर्ने धारणा राखेका थिए ।

नेकपाको स्थायी समितिको बैठक वैशाख २५ गते ११ बजेका लागी बोलाइएको थियो । तर, सचिवालयका बहुमत सदस्यहरुले बैठक सार्ने प्रस्ताव गरेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको हो ।बहुमत सदस्यको यस्तो धारणा आएपछि बैठक बोलाउने र ऐजेण्डा तय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको थियो । दुई अध्यक्षको छलफलमा समेत स्थायी समिति बैठक स्थगित गर्ने सहमती भएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले स्थायी कमिटिको बैठक स्थगित भएको बताए । उनकाअनुसार स्थायी कमिटि बैठकको प्रस्ताव तयार गर्न ढिलाई भएकाले बैठक स्थगित भएको र अर्को मिति चांडै तोकिनेछ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले पनि स्थायी कमिटी बैठकका लागि गृहकार्य नपुगेको जानकारी बैठकमा गराइएको बताए ।