काठमाण्डु – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । नेकपाको केन्दिय कार्यालय धुम्बाराहीमा दिउंसो १ बजे बस्ने बैठकमा नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेका राजनीतिक प्रस्तावमाथी छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले स्थायी समिति बैठक आवश्यक नरहेको बताइरहेका बेला बहुमतका आधारमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने सम्भावना कम छ । नेकपा भित्रको गत असोजबाट जारी विवाद सचिवालयमै नसल्टिएपछि स्थायी कमिटीमा पुगेको हो । स्थायी समितिमा पनि सहमती जुट्ने सम्भावना भने कम रहेको नेताहरु बताउंछन् ।
प्रधानमन्त्री ओलीले दुई मध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग नेकपाभित्र चर्को ढंगले उठेको छ ।तर, प्रधानमन्त्री ओलीले दुवै पदबाट महाधिवेशन अघि राजीनामा नदिने सचिवालय वैठकमा प्रष्ट पारिसकेका छन् ।
आज बस्ने स्थायी समिती वैठकमा दुवै अध्यक्षका प्रतिवेदन पेश गरिने र अध्ययनको लागी केही दिन समय दिने र सहमतिको लागी छलफल समेत जारी राख्ने नेताहरुको तयारी छ ।
नेकपाको सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा बहुमत छ । सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रचण्डको पक्षमा छन् भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको पक्षमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल छन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अहिलेसम्म कतै खुलेका छैनन् । थापाले अन्तिममा प्रचण्डलाई साथ दिने स्रोतको दावी छ ।
सचिवालयमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली स्थायी समितीमा समेत अल्पमतमा छन् । ४४ सदस्यिय नेकपाको स्थायी समितिमा प्रचण्ड नेपाल समुहमा ३० जना छन् भने ओली समुहमा १२ जना छन् । गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मन्त्री लेखराज भट्ट अहिलेसम्म प्रधानमन्त्री ओलीको पक्षमा भएपनि अन्तिममा प्रचण्ड समुहमा आउने नेताहरुको दावी छ । यसअघि ओली पक्षमा रहेका स्थायी समीति सदस्य मुकुन्द न्यौपाने पनि वरिष्ठ नेता नेपालतिर लागेको स्रोतको दावी छ ।
यस्तो छ स्थायी समीतिको समिकरण
प्रचण्ड-नेपाल पक्ष
पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल,माधव कुमार नेपाल,वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, भिम रावल, मुकुन्द न्यौपाने,देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी,शक्ति बहादुर वस्नेत, गणेश साह, चक्रपाणी खनाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मणि थापा, मातृका यादव, लिलामणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य,युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल।
ओली पक्षका नेताहरु
केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमाल,लेखराज भट्ट र रघुवीर महासेठ ।




प्रतिक्रिया