यी हुन् एमालेबाट राष्ट्रियसभाका ६ उम्मेदवार

यी हुन् एमालेबाट राष्ट्रियसभाका ६ उम्मेदवार


काठमाण्डु- नेकपा (एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवार छानेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल सिफारिसमा ६ उम्मेदवारको टुङ्गो लागेको हो ।

ओलीले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएका हुन् ।

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी दलहरुबीच सहमति बनेको छ । तर एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबामर देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । मनोनयन पत्र दर्ता बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।