नेकपाले सांगठनिक एकताको काम टुंगायो, यस्ता छन् विशेष,प्रदेश सम्र्पक र जवसका पदाधिकारी ?


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका पदाधिकारी तोकेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा  आइतबार बसेको सचिवालय बैठकले सांगठनिक एकताका बांकी कामलाई पूर्णता दिएको हो । वैठकले नेकपामा नेताहरुको वरियतामा समेत हेरफेर गरेको छ । वैठकले सचिवालय सदस्य माधवकुमार नेपाल र झलनाथ खनालको वरियता हेरफेर गरेको हो।

यो हेरफेरसंगै तेस्रो वरियतामा रहेका नेता नेपाल एक तह पछाडि पर्दै चौथोमा पुगेका छन् भने चौथो वरियतामा रहेका नेता खनाल तेस्रो वरियतामा आएका छन्। नेपालले उक्त निर्णयप्रती असन्तुष्टि जनाएका छन् । त्यसका साथै नेपालले केही जनवर्गीय संगठनको नेतृत्व छनौटमा समेत असन्तुष्टि जनाउंदै नोट अफ डिसेन्ट लेखेका छन् । 

सचिवालयले वैठकले गरेको निर्णयअनुसार उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सह-इन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् । ढकाल कानुनमन्त्री हुन भने भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार हुन् । 

युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल, सह-इन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बरालले जिम्मेवारी पाएकी छन् । 

युवाको इन्चार्जमा पुर्व उद्योगमन्त्री महेश बस्नेत र सह-इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा छन् भने विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सह-इन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सह-इन्चार्जमा टंक कार्की छन् ।

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज विना श्रेष्ठ, सह-इन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेल तोकिएका छन् भने पेशागतको इन्चार्ज केशव नेपाल, सह-इन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली छन् । महिलाको इन्चार्जमा गोमा देवकोटा र सह-इन्चार्जमा कमला रोक्का तथा पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सह-इन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह-इन्चार्ज शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् भने केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह-इन्चार्जमा डिलाराम आचार्य र झक्कु सुवेदी छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सह-इन्चार्ज विनोद श्रेष्ठ तथा  किसानको इन्चार्ज बामदेव गौतम र सह-इन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement