सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका केही जिम्मेवार नेता–कार्यकर्ताले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले निर्देशन दिइएको छ ।

जनताप्रति भ्रम सिर्जना हुने गरी छिटफुट रूपमा काम भइरहेकाले यस्ता क्रियाकलाप रोक्न तथा पार्टीका अनुशासित र स्वाभिमानी नेता–कार्यकर्ताप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले बताए । पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा राख्न उनले आग्रह गरेका छन् ।