उपचुनावबारे एकीकृत समाजवादीले गठबन्धनमा छलफल गर्ने, उम्मेदवार सिफारिस गर्न निर्देशन


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन गर्ने विकल्प खुला राखेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले इलाम र बझाङमा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

उपनिर्वाचनका उम्मेदवारको निम्ति सत्ता गठबन्धनमा पनि छलफल गर्ने निर्णय गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘उपनिर्वाचनबारे सत्ता गठबन्धनका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ । उम्मेदवारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ ।’

केन्द्रीय सचिवालय र दस्तावेज मस्यौदा समितिको बैठक चैत ११ गते बिहान १० बजे बस्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement