काठमाण्डु – नेकपा एकीकृत समाजवादीले पार्टीका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा आज मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्ने गरी हाललाई जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको प्रस्तावमाथि छलफल जारी रहेको उनले बताए । सचिवालयको अर्को बैठक शनिबार बस्ने र विधान संशोधन प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
आगामी जेठ ३–७ गतेसम्म काठमाण्डुमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो ।
एकीकृत समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।




प्रतिक्रिया