एकीकृत समाजवादीले झापा–कञ्चनपुर जागरण अभियान गर्ने

एकीकृत समाजवादीले झापा–कञ्चनपुर जागरण अभियान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ ।

आगामी असोज १४ देखि २९ गतेसम्म अभियान सञ्चालन गरिनेछ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी जागरण अभियानमार्फत पूर्वपश्चिम यात्रा गर्न लागिएको जनाइएको छ ।

महासचिव घनश्याम भुसालले असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरू हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जानकारी दिए ।

अभियानका क्रममा विभिन्न जिल्लामा पार्टीका विभिन्न तहका कमिटीसँग छलफल गर्दै र जनताको कुरा सुन्दै जाने कार्यक्रम राखिएको छ ।