एनडिसी कोर्सका लागी तिन जर्नेल र एक कर्णेल चीन जांदै 


काठमाडौं– नेपाली सेनाका चार जना अधिकृत नेशनल डिफेन्स कोर्स (एनडिसी) का लागी छनौट भएका छन् । सैनिक मुख्यालयले सहायकरथीहरु चोकबहादुर ढकाल, सुनिल श्रेष्ठ र विजय थापालाई एनडिसी कोर्सका लागी छनौट गरेको हो । त्यसैगरी महासेनानी नकुल रायामाझी समेत एनडिसीका लागी छनौटमा परेका छन् । 

चारै जना सैनिक अधिकृत अगष्ट अन्तिममा एनडिसी गर्न चीन जाने तयारीमा छन् । नेपाली सेनामा सहायकरथीबाट उपरथी हुन् एनडिसी कोर्स अनिवार्य गर्नुपर्ने प्रावधान छ । 

एनडिसीका लागी छनौट भएका सहायकरथीहरु ढकाल, श्रेष्ठ र रायामाझी २८ वेसिकका सैनिक अधिकृत हुन् भने महासेनानी थापा २७ वेसिकका सैनिक अधिकृत हुन् । 

चीनले नेपाली सेनालाई प्रत्येक वर्ष एनडिसीका लागी चार जनाको कोटा उपलव्ध गराउंदै आएको छ । नेपाली सेनासंग नेशनल डिफेन्स युनिभर्सीटी नहुंदा सैनिक अधिकृतहरु भारत,चीन, अमेरिका र बेलायतलगायतका देशमा एनडिसी कोर्सका लागी जाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement