प्रतिरक्षा विश्वविद्यालयको अध्यक्षमा पुर्व रथी शर्मा, सदस्यमा सिम्खडा र संग्रौला नियुक्त

प्रतिरक्षा विश्वविद्यालयको अध्यक्षमा पुर्व रथी शर्मा, सदस्यमा सिम्खडा र संग्रौला नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखमा नियुक्त भएका छन् । सेनाका पुर्वरथी शर्माले फोर्स कमाण्डरको रुपमा समेत काम गरेका थिए । त्यसका साथै नेपाली सेना र माओवादी सेनाबीच भएको समायोजनमा समेत उनि संलग्न थिए ।

मन्त्रिपरिषद्को बैशाख १२ गतेको बसेको बैठकले पूर्वरथी शर्मालाई विश्वविद्यायलयको पूर्वाधार निर्माण विकास समिति गठन गरि त्यसको अध्यक्ष र पुर्व राजदूत शम्भुराम सिम्खडा र पुर्व महान्यायाधीवक्ता युवराज संग्रौलालाई सदस्यमा नियुक्त गरिएको छ । समितिमा रक्षा,अर्थ र परराष्ट्रका अधिकारीहरुको समेत प्रतिनिधित्व छ ।

समितिले विश्वविद्यालयको व्यवस्थापकिय पक्ष्ँका साथै पूर्वाधार निर्माणदेखि अध्यापनका लागि पाठ्यक्रम निर्माण, पाठ्यसामग्रीको चयन, विषय समिति र विषयहरुको चयनलगायतको काम गर्नेछ । नेपाली सेनाले अघि सारेको अवधारणाअनुसार नेपालमा पहिलो पटक प्रतिरक्षा विश्वविद्यालयको स्थापना भएको हो । यसका लागी सरकारले काभ्रेको सांगामा पांचसय रोपनी जग्गा दिने निर्णय समेत गरिसकेको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई सहि ढंगले विश्लेषण र शिक्षित गरी आवश्यक नितिगत रुपमा काम गर्ने जनशक्ति तयार गर्न यो विश्वविद्यालयको स्थापना भएको हो । प्राज्ञिक क्षेत्रका साथै विभिन्न निकायहरुको समन्वय गर्ने मंचको रुपमा समेत यो विश्वविद्यालयलाई विकसित गरिने योजना छ ।

सवै सुरक्षा निकायका साथै नेपालको उच्च तहमा काम गर्नेहरुलाई यसमा समेटिनेछ । त्यसका साथै  अन्र्तराष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सुरक्षा परिस्थीतिको बारेमा सरकार तथा सम्बन्धित क्षेत्रलाई सहि सुझाव तयार गर्ने अंगको रुपमा पनि विकास गर्ने उद्देश्य सरकारले राखेको छ ।

संसारका कतिपय विकसित देशहरुमा प्रतिरक्षा विषयमा उच्चस्तरको पढाइ गराइने गरेकोमा नेपालले पनि त्यस्तो पढाइ आफ्नै मुलुकमा गराउने उद्देश्य राखेको छ ।