काठमाडौं– नेकपाका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका सांसद वस्नेतले विद्युत प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठाउन बांकी रहेको भन्दै त्यसको छानविन हुनुपर्ने माग गरेका हुन् । उनले प्राधिकरणको बक्यौताको विषयमा नेकपाका सांसद अमनलाल मोदीले कुरा उठाएपछि उनीविरुद्ध नानाथरी आरोप लगाएकोप्रति समेत असन्तुष्टि जनाएका छन् ।
उनले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयां ६८ पैसा तिर्नुपरेको विषय गम्भिर भएको बताए ।
पुर्व मन्त्री समेत रहेका नेता वस्नेतले बक्यौताको कुरा उठाउंदा सांसद मोदीमाथि केही संचारमाध्यम र सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको भन्दै असन्तुष्टि जनाए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उक्त गाली गलौचलाई बढावा दिएको बस्नेतको भनाइ थियो।
वस्नेतले प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले गरेका राम्रा काममा साथ सहयोग र समर्थन रहने भन्दै सांसद अमनलाल मोदीले उठाएका विषय समेत गम्भीर भएको बताए ।




प्रतिक्रिया