काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्तीलाई लिएर विवाद बढेको छ । घिसिङले चार वर्षे कार्यकाल सकेर बुधवार अवकास पाइसकेका छन् । तर, उनको नियुक्ति हुनुपर्ने भन्दै सडकमा आन्दोलन भइरहेको छ ।
उर्जामन्त्री वर्षमान पुनले घिसिङको नियुक्ति हुने यसअघि आफु निकट एक अनलाइनलाई बताएपनि अन्तत मन्त्रिपरिषदको वैठकले उनको प्रस्ताव अघि बढाएन् । उनले उक्त अनलाइनसंग कुरा गर्दै भनेका थिए “उहांको कार्यकाल अझै केही दिन बांकी नै छ । भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहांलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव जांदैछ । त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उहां दोश्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीका कारण उनको नियुक्ति हुन नसकेको मन्त्री पुनले निकटस्थहरुलाई बताउंदै आएको स्रोतको दावी छ । तर घिसिङलाई नियुक्त गर्न मन्त्री पुन पनि सकरात्मक नवनेको स्रोतको दावी छ ।
कार्यकारी निर्देशक घिसिङमाथी संचारमाध्यम र सामाजिक संजाल प्रयोग गरेर सरकारमाथी दबाव बढाएको आरोप लाग्दै आएको छ । उनले लोडसेडिङमुक्त गरेको विषयको जस आफुले मात्र लिएकोमा नेताहरु असन्तुष्ट छन् ।
मन्त्री पुनका स्वकिय सचिव दुर्गा चापांगाईले प्रधानमन्त्री ओली र पुनबीच घिसिङ प्रकरणमा सहमति नवनेको संकेत गरेका छन् । पुनका स्वकिय सचिवले मन्त्री पुनले सोमबार बसेको मन्त्रिपरिषदको वैठकमा घिसिङलाई आगामी चार वर्षका लागी कार्यकारी निर्देशक नियुक्ती गर्न प्रस्ताव पेश गरेको दावी गरेका छन् । उनले उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विचारधिन अवस्थामा रहेको बताएका छन् ।
उनले प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गरेको समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पुनः नियुक्तिका लागि घिसिङ खुला प्रतिस्पर्धाबाट आउनुपर्ने कुरा सामाजिक सञ्जालमा लेखेका थिए ।
पुनका स्वकिय सचिवले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस-





प्रतिक्रिया