महोत्तरीमा नीलगाई मृत फेला

महोत्तरीमा नीलगाई मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज (मंगलबार) जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो । सो नीलगाईलाई प्रहरीचौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ ।