यी हुन् नेपाल-चीनबीच कृषि क्षेत्रमा भएका सम्झौता


काठमाण्डु- नेपाल-चीनबीच कृषि क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सोमवार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयबीच कृषि, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको बेला भएको समझदारीले दुई देशबीचको कृषि सहयोगको स्तर उकास्ने विश्वास संयुक्त विज्ञप्तिमार्फत गरिएको छ ।

चीनले नेपाली उत्पादन आयातका लागि सहजीकरण गर्न तयार रहेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । चीनले नेपालबाट घाँस निर्यात गर्न सफल भएको छ ।

नेपालबाट चीनमा चिनियाँ औषधिको लागि वनस्पतिबाट व्युत्पन्न औषधी सामग्रीको निर्यातका लागि हस्ताक्षर भएकोमा नेपाल र चीनले स्वागत गरेका छन् । त्यस्तै चीनले याक, नाक र पहाडी बाख्रा (च्याङग्रा) को प्रजनन तथा अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्ने भएका छन् ।

त्यस्तै चीनतर्फ भैँसीको मासु निर्यातका लागि स्वीकृति दिने प्रक्रियालाई तीव्रता दिन पनि दुवै पक्ष सहमत भएका छन् । भैँसीको मासु आयात गर्न सके व्यापार असन्तुलन कम गर्नको सहज हुने हुनेछ । त्यस्तै नेपाली फलफूलको निर्यातका लागि फाइटोसेनेटरी आवश्यकताहरू पूरा गर्न र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्न चीनले नेपाललाई सहयोग गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement