नेपाल बन्यो दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त’ मुलुक

नेपाल बन्यो दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त’ मुलुक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा नेपाल खुल्ला दिसामुक्त राष्ट्र भएको घोषणा गरेका हुन् । यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन सबैलाई आह्वान गरेका छन् । उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको बताए ।

सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयले जनाएको छ । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो ।