काठमाडौं – भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
नेविसंघले मंगलबार बिहान काठमाडाैंको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो विरोध प्रर्दशनलाई निरन्तरता दिएको हो । त्यस क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।
नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको सो विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन पनि सबैलाई अपिल गरिएको छ ।
नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ ।




प्रतिक्रिया