नेविसंघले केन्द्रीय क्याम्पस कीर्तिपुरमा लगायो ताला (विज्ञप्तिसहित)

नेविसंघले केन्द्रीय क्याम्पस कीर्तिपुरमा लगायो ताला (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ ।

नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि बागी उम्मेदवार मनोनयन दर्ता गराएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

आधिकारिकरूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टिम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि बागी उम्मेदवार मनोनयन दर्ता गरिएको नेविसंघले आरोप लगाएको छ ।

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले फर्म बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेविसंघले विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेण्टी गर्न पनि अनुरोध गरेको छ ।