नेविसंघले गर्‍यो कांग्रेसको भातृसंस्थाका रुपमा नरहने निर्णय

नेविसंघले गर्‍यो कांग्रेसको भातृसंस्थाका रुपमा नरहने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले कांग्रेसको भ्रातृसंस्थाका रुपमा नरहने निर्णय गरेको छ ।शुक्रबार काठमाण्डुमा सम्पन्न सिनेट बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैठकले पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा रहने बताएको छ । संघको १२औं महाधिवेशन भने आगामी ०८३ को बैशाख २० र २१ गते गर्ने प्रस्ताव गरिएको छ ।

पार्टीको भ्रातृसंस्थाका रुपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति नै प्रश्न उठ्न थालेको भन्दै लोकतान्त्रिक मूल्य मान्यताप्रति ऐक्यवद्ध रहँदै विद्यार्थीहरुको विवेकअनुसार चल्ने संस्थाका रुपमा नेविसंघलाई अगाडि बढाउन खोजिएको अध्यक्ष दुजाङ शेर्पाले बताए ।

उनले विद्यार्थी संगठनहरू खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएका छन् । शेर्पाले विद्यार्थी संगठनहरू खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए।

अध्यक्ष शेर्पाले कांग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे।