कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्यार्थी संघले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गरेको छ । मंगलबार त्रिचन्द्र कलेजका नेविसंघ समूहले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भन्दै सामूहिक हस्ताक्षर गरेका छन् ।

त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए ।

उनले निर्वाचन पछिको कार्की सरकारको दोस्रो काम भनेको प्रतिवेदन सार्वजनिक हो । ‘कार्की सरकाले आफ्नो प्रतिवेदन लुकाउन मिल्दैन । निर्वाचनपछि सरकारको दोस्रो काम प्रतिवेदन सार्वजनिक गर्नु थियो, गर्यो,उनले भने, ‘आज हामीले शान्तिपूर्वक हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छौं । हस्ताक्षर सङ्कलन प्रधानमन्त्रीलाई बुझाउने छौं ।’

प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।