नेविसंघको चेतावनीः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइयोस्

नेविसंघको चेतावनीः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइयोस्


काठमाण्डु – नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि नेपाल विद्यार्थी संघले आपत्ती जनाएको छ ।

सोमबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेपछि मंगलबार नेविसंघले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले जारी विज्ञप्तिमा भनेका छन्, ‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु । अन्यथा उसबाट उत्पन्न गम्भीर परिस्थितीको जिम्मेवार भ्रष्ट र नालायक ओली सरकार नै हुनेछ ।’

तर नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ ।