काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।
सेक्युरिटी प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएपछि नेविसंघले बिहिबार एक विज्ञ्प्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ । प्रधानमन्त्रीले मन्त्री बाँस्कोटालाई कारबाही गर्नुको सट्टा जोगाउन लागे नेविसंघले आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्धारा बिहिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्र बाँस्कोटालाई संरक्षण गर्न प्रधानमन्त्री उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिबेहरी सिर्जना गर्न बाध्य हुने यसै विज्ञप्तिमार्फत् चेतावनी दिन चाहन्छौं ।’




प्रतिक्रिया