लेबनानका प्रधानमन्त्री साद अल–हरीरीले दिए राजीनामा


काठमाडौं – विगत दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी रहेका बेला लेबनानका प्रधानमन्त्री साद अल–हरीरीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री अल–हरीरीले अल्लाहले लेबनानको रक्षा गुरुन् भन्दै पदबाट राजीनामा दिएका हुन् । ‘लेबनानका जनता १३ दिनदेखि एक निर्णय पर्खिरहेका थिए, एक यस्तो राजनीतिक समाधान पर्खिरहेका थिए, जसबाट अहिलेको अवस्थामा सुधार होस् ।’

‘मैले यस क्रममा जनताको आवाज सुन्ने र देशलाई आर्थिक, सामाजिक र सुरक्षा सम्बन्धी खतराबाट जोगाउने कोसिस गरें । आज म यो कुरा तपाईंहरुबाट लुकाउँदैन । मेरो धैर्यताको बाँध टुटिसकेको छ । म राजीनामा दिँदै छु । अल्लाहले लेबनानको रक्षा गरुन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement