निगमले यसरी भर्ना गर्दैछ पाँच दर्जन पाइलट

निगमले यसरी भर्ना गर्दैछ पाँच दर्जन पाइलट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्ने सार्वजनि प्रस्ताव गरेको छ ।

जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्र्ट अफिसर) छन् । यसरी लिइने पाइलटले निगमसँग रहेका आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका ६ किसिमका जहाज उडाउन लगाइने छ ।

पटक पटक पाइलछ भर्ना गर्न सार्वजनिक सूचना जारी गर्दा पनि सफल हुन नसकेपछि निगमले भाडामा पाइलट उपलब्ध गराउने रिक्रुटिङ कम्पनीमर्फत ठूलो परिमाणमा पाइलट दिन लागेको हो । नागरिक दैनिकमा यो समाचार छापिएको छ ।