निहारिका विषयबारे राष्ट्रपति भण्डारीले कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल


काठमाण्डु – शितल निवास  बाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छन् ।

शुक्रबार निहारिकाले शितल निवास अगाडी आत्मदाहको प्रयास गरेपछि राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर उनको घटनाबारे जिज्ञासा राखेकी थिइन् ।

निहारिकाले आफूमाथि २०७६ कात्तिक ६ गते बेलुका धनुषा जनकपुर–४ स्थित शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी छन् ।

पछिल्लो पटक साउन २० मा पनि सम्झौता कार्यान्वयनको माग गर्दै सिंहदरबार दक्षिणढोकाअघि आमरण अनशन बस्ने प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement